अकासको आगो पतालको पानी मुख बाट ताने नाक बाट जाने = हुक्का तानेको।
· अजङ्गे बाबु, बझाङे छोरो, कालो नाती सेतो पनाति = कटुसको फल।
· आमा छाद्छे, छोरी खान्छे-गाग्रीबाट लोटामा पानी सारेको।
· आमाको रगतमा छोरी पकाइ खान्छु के हो? =तोरीको तेलमा तोरीकै साग पकाएको
· एक खुट्टे धामी थरथरी कामी-जूको।
· खाउँ रोटी खाइ नसक्नु, दाउँ बहर दाई नसक्नु, टेकौं लौरो टेकिनसक्नु, -घाम, बाघ र सर्प।
· तीन भाइको एउटै पगरी-ओदान।
· धार्नी न बिसौली दुई हातले उचाली-टोपी।
· नखाउँ भने दिनभरको सिकार खाउँ भने कान्छा बाउको अनुहार = बाँदरको सिकार।
· नाङ्लो भरी सुपारी, गन्नै नजान्ने व्यापारी = जून र तारा।
· बीस तत्त्व एउटै घाउ यति कथा नजाने मुसा पोली खाऊ-गोरू जोतेको।
· भुईंमा इऊँ इऊँ टिपी ल्याउनेलाई सय रूपियाँ दिऊँ-छायाँ।
· यहाँ नाई त्यहाँ नाई बनियाँको बजारमा नाई, खोजि गए पाईदैन आईगए चाईदैन के हो?= भुँईचालो
· लिखितिखी लिखितिखी आमा भन्दा छोरी तिखी-जीरे खुर्सानी।
· लेककी चरी औलामा झरी च्यापमा परी भुतुक्कै मरी-जुम्रा मारेको।
· वरपर गुट्टी माझमा घ्वाईं, यति कथा नजान्ने स्यालको ज्वाईं। के हो? = दाँत र जीभ्रो।
· वारी भर्याीङ पारी भरया ङ तेरो बाउको लुते करङ-बाँसको फड्के (पूल)।
· सेती गाई पानी खान गई फर्केर आउँदा राती भई = सेलरोटी पकाएको।
· सेतो मान्द्रो कालो बिस्कुन मुखबाट तान्दा नाकबाट निस्कुन् = चुरोट खाएको।
· हस्तबीरले सिंगबीरलाई पछार्योु-सिँगान फ्याँकेको।
· माथिबाट आए सिंह राज शाही, तलबाट आए पाँचै भाई, सिँह राज शाहीले पछराई पाई के हो? =सिँगान फालेको
· लाटोले बाटोमा फाल्छ, बाठोले खल्तिमा हाल्छ के हो? =रुमालले सिँगान पुछेको
· तामे नल फलामे फल के हो? = फापर

No comments:
Post a Comment