Showing posts with label नेपाली जोक्स. Show all posts
Showing posts with label नेपाली जोक्स. Show all posts

नेपाली जोक्स अनी चुट्किला



एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो 
स्वास्नीको मा गयो र सोध्यो :
" हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।
एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक
 थियो " बच्चाहरुको पालन पोषण कसरी गर्ने "
आमा : हैन तैले यो किताब किन पढ्दै छस ?
छोरो : म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई
 रहेको छ कि छैन भनेर ।
**
एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
साहुजी : ल यो लिनुहोस् राम्रो छ
कन्जुस : कती पर्छ यसको ?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने 
खालको होइन ।

लोभी डाक्टर

डाक्टरः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो …

रोगी: किन डाक्टरसाप -
डाक्टर: हातमा लाउने पञ्जा भित्रै छुटेछ …
रोगी: कति लोभी हुनुपरेको हजुरलाई – लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस्

बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु


पुलिश :( डाँकालाई ) भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।
डाँका : हा हा हा
पुलिश : ओए किन हाँस्दै छस ?
डाँका : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।

भोली म उसलाई भगाएर लानेछु


शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ?
राम : ३ प्रकारको सर
शिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउ त
राम : सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु 

सँगै बसेर मागौँ

 एकजना माग्ने बाटोमा हिड्दैँ गरेको एउटा विथार्थीसंग : दाई एक रुपैयाँ दिनुहोस् न !
विथार्थी: म सित त एक सुका पनि छैन...!!
 माग्ने : आउनुहोश त्यसो भए सँगै बसेर मागौँ । 

किराहरु र जनावरहरुको फूटबल म्याच


एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; "कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?" "पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।"
यो ब्लग अबलोकन गर्नुभएकोमा धन्यवाद। तपाईंहरुको पनि यस्ता लेख रचनाहरु छन भने हामीलाई मेल गर्नुहोस् हामी तपाईंको प्रतिभा यसै ब्लगबाट प्रकासित गर्नेछौ suchanasamachar003@gmail.com