सपना झैँ सजाएर ,ती नयनमा छुपाई राख
मलाइ यो दुनियाको ,नजर बाट बचाई राख
तप्किएर नजाउँ कतै ,तप्प तप्प आँसु सरी
यो जिन्दगी ममताको, आंचलमा सजाई राख
अस्ताएको घाम भोलि, बिहानीमा उदाउने छ
आशारुपी दीप मनमा ,पिरतीको जलाई राख
गजल हैन प्रछायाँ यो. जिन्दगीको दर्पण मेरो
शब्द शब्द केलाएर .मिठो आभास जताई राख
दुख सुख भोगाइ यो, सरिता हो जियम अश्मी
जिन्दगीको किताबमा मेरो नाम लेखाइ राख
बसेको घर चढेको गाड़ी छ किस्ताबंदिमा.
बुडीको साड़ी ओड़ेको राड़ी छ किस्ताबंदिमा.
मेशिनको जस्तो गर्दछु काम हुँदैन फुर्सद.
रहरले हैन पालेको दाढ़ी छ किस्ताबंदिमा.
कपाल कोर्ने फुर्सदै छैन हिप्पि झैं बनेइछु.
कुइरेका गाउमा जुम्राका ढाढ़ी छ किस्ताबंदिमा.
गैरीको खेत लाउरी भैसी बेचेर आ को छू.
बैंकको रिनले किनेको पाड़ी छ किस्ताबंदिमा.
अरुले देख्दा बिदेश्को काम मनमा छ आफ्नै पीर.
जिंदगी धान्ने मुटुको नाड़ी छ किस्ताबंदि

उनी सधैं अन्लाइन मा मलाइ पर्खिरहेकी हुन्थिन । कहिले सुस्साउथिन एक्लै कहिले म ढिला आइपुग्दा घन्टौ कुर्नु परेको गुनासो गर्थिन म उनको गुनासोमा अलिकती हाँसो थपेर उमङग घोलिदिन्थे अनी उनी मन्द मुस्कान छोड्दै मलाइ अन्लाइन मै किस गर्थिन ।
" शायद म येतिबेला तिम्रो सामु हुन्थे भने के गर्थ्यौ नी निर्जला " मैले उनिले नचिताएको कुरो एक्कासी राखे एक्दिन ।
सकी नसकी पहाड भत्काउथे हामी दुबैको बिचमा - उनी कत्ती पनि नरोक्की बोल्थिन ।
"किननी " म बुझेर पनि नबुझे झै फेरी उनिलाइ झाँघाउने सुर कस्छु ।
हैन हौ हजुर त कस्तो छुच्चो मान्छे नी - उनी लजाउथिन पनि
हाम्रा यस्तै यस्तै मीठा कुराले जिन्दगिका यात्रा हरु पुरा हुँदै थिए । मलाइ थाहा पनि थिएन के मैले कतै गलत धारणाले सपनाहरु त देखेको छुइन कती बेला म आँफैलाई प्रश्न पनि गर्थे त हैन उनी जस्ती पाउनु मेरो लागि ठुलै कुरो हो जस्तो लाग्थ्यो पनि किनकी उनी साह्रै मायालु थिईन । हुन त हामी एकअर्कालाइ भेटेका त थिएनौ येती सम्मा की वेब क्याम पनि कहिल्यै खोल्दैनथ्यौ मैले एक्दिन हिम्मत गरेर सोधेको थिए तर उनिले भनिन नाइ प्रदिप जी समय आए पछी हाम्रो भेट भैहाल्छ नी । मैले फेरी सोध्ने आँट कहिल्यै गरिन । समय आफ्नै रफ्तर मा थियो त निर्जला र म पनि हाम्रै यात्रमा । हुँदा हुँदा उनिलाइ एक्दिन अन लाइन मा नदेख्दा त लाग्थ्यो यो दुनियाँ सुन्य नै छ ।
 |
Gaurav Nepal(damu) bhairahawa |
संका गरेको राम्रो , आखा तरेको राम्रो
गाली गरेझैं गरी , माया गरेको राम्रो
मया जती गरेनी भेट्न नपाइने दिनदिनै
जस्ले जे भनेनी यस्तै , माया गरेको राम्रो
हाम्रो मिलनको वेला आएर वाधा वन्ने
तीन्लाइ मैले केही गर्नु भन्दा आफै मरेको राम्रो
म संग भेट्दा,धेरैले वोटो विराइ भन्दाहुन
मायाको आंगनमा तिम्रा वोटा परेको राम्रो
कसैलाई गुलाव गरे, कसैलाई सयवत्री
गौरवलाई आफ्नै सानु, मनमा वसेको राम्रो