माउसका जन्मदाता डोउ एन्जेलबार्ट आजदेखि संसारबाट बिदा भएका छन्।कम्प्यूटरको माउसका आविष्कारक एन्जेलबार्टको ८८ वर्षको उमेरमा आन निधन भएको हो।एन्जेलबार्टले सन् १९६० को दशकमा दुईवटा धातुका चक्कालाई काठको खोल लगाएर चल्ने माउस प्रकृतिको उपकरण विकास गरेका थिए । जसलाई आज भोलि माउसको नामबाट विश्वभर चिनिने गरिन्छ । काम गर्ने संस्था स्ट्यान्फोर्ड रिसर्च ईन्स्टिच्यूटले माउसको थप उत्पादन र खरिद बिक्रीका लागि ४० हजार डलरमा एप्पल कम्पनीका लागि सन् १९८३ मा लाइसेन्स लिएपछि सन् १९८७ देखि मात्रै माउसको खरिद बिक्री शुरु भएको हो । तर सन् १९७० मा यसको स्वामित्वको अधिकार प्राप्त गरेपनि १७ वर्षसम्म यसको खरिद बिक्री हुन सकेको थिएन । एजेन्सीहरुका अनुसार माउसको विक्री सन् १९८० को मध्यदेखि कम्तीमा पनि १ अर्ब माउस बिक्री भएको जनाइन्छ ।
No comments:
Post a Comment