नेपाली उखान टुक्काहरु



 जब भयो राती अनी बुढी ताती
 नाच्न नजान्ने आँगन टेढो
 ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेत्छ
 जुन जोगी आए पनि कानै चिरेको
 नजाने गाउको बाटो नसोध्नु
 नपाउनेले केरा पायो बोक्रै सुद्द खायो
 मेरो गोरुको बार्है टक्का
 हाती आयो हाती आयो फुस्सा
पसुपतिको यात्रा सिद्राको ब्यापार
 बारह छोरा तेरह नाती बुढाको धोक्रो काधै माथि
 बच्चा पाउनु कहिले कहिले भोटो सिउनु अहिले
 मर्ने बेलामा हरियो काँक्रो
 मरेको बिरालो काखी च्यापेर ठिमी जाने बाटो सोध्छ
 अकबरी सुनलाई कसी लगाउन पर्दैन
जो चोर उसको ठुलो सोर
रात भरी करायो दक्षिणा हरायो
 जस्तो लाई त्यस्तै ढिडो लाई निस्तै
 असारमा आँखा फुटेको गोरुले जहिले पनि हरियो देख्छ
 मुखमा राम राम बगलिमा छुरा
सुर्यलाई बत्ती देखाउन पर्दैन
 जुन गोरुको सिङ छैन उसको नाम तिखे
 चिनी पनि धेरै खायो भने तितो हुन्छ
 मान्छे हेर्दा केटा केटी कुरा गर्छ जेठी
 भैंसीको कानमा बिन बजाएर के गर्नु
 खुकुरी भन्दा कर्द जान्ने
अर्काको आङमा जुम्रा हिंडेको देखने आफ्नो आङमा भैंसी हिंडेको नदेखने
 कही न पाई छालाको टोपी लाई
 बाँदरको पुच्छर लौरो न हतियार
 बुझ्नेलाई श्रिखण्ड नबुझ्ने लाई खुर्पाको बिड
 कुकुरको पुच्छर बारह बर्ष सम्म ढुङ्गामा राखे पनि बाङगो को बाङगै
 बाहुनले च्याउ खाए पो च्याउको स्वाद पाउछ
 चोक्ता खान गएको बुढी झोलमा डुबेर मरी
 हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खस्रो पात
 कानो गोरुलाई औसी न पुर्ने
 घाटी हेरी हाड निल्नु
खाने मुखलाई जुँगाले छेक्दैन
 खाउ भने दिन भरिको सिकार नखाउ भने कान्छा बाउको अनुहार
 पैसा देखे पछी महादेबको पनि तीन नेत्र
 हगी सक्यो दैलो देख्यो
 अचानाको पिर खुकुरिले जान्दैन
हाती छिर्यो पुच्छर अड्क्यो
 भिर बाट लड्ने गोरु लाई राम राम भन्न सकिन्छ काँध हाल्न सकिदैन
 अजिङगरको अहारा दैबले पुर्याउछ
 मामाको घोडामा भान्जाको ही ही
 १०० सुनारको १ लोहारको
नमिच्चिने पिङग को सय झट्का ]
 ताक परे तिवारी नत्र गोतामे
 खिस्स बुढी निच्च दात
 घातिमा अड्केको दाँत न निल्नु न ओकल्नु
 कुन्ताको बुहारी भातमास खाको

No comments:

Post a Comment

यो ब्लग अबलोकन गर्नुभएकोमा धन्यवाद। तपाईंहरुको पनि यस्ता लेख रचनाहरु छन भने हामीलाई मेल गर्नुहोस् हामी तपाईंको प्रतिभा यसै ब्लगबाट प्रकासित गर्नेछौ suchanasamachar003@gmail.com