काठमाडौं, असार ४ - तपाईंले प्रयोग गर्ने नेपाल टेलिकमको प्रिपेड मोबाइलमा पैसा हुँदै हुँदै पनि डेट अर्थात प्रयोग गर्ने समयावधि सकिएर हैरान हुनुभएको छ । अब चिन्ता नलिनुस् ।
किनकी नेपाल टेलिकमको जिएसएम तथा सिडिएमए मोबाइल सेवामा रिचार्ज गर्दा थपिने समय बढाएको छ । यसबाट न्यून महसुल उपभोग गर्ने ग्राहकवर्गलाई एउटै रिचार्जकार्डबाट लामो अवधिसम्म सेवा उपभोग गर्न सहज हुने नेपाल टेलिकमले जनाएको छ ।
यो सेवा वुधवार अर्थात असार ५ गतेदेखि लागू हुने छ ।
नयाँ व्यवस्था अनुसार पिनलेस रिचार्ज र रिचार्ज कार्ड जुनसुकैबाट प्रिपेड मोबाइल रिजार्च गरेपनि अब १ सय रुपैयाँ रिचार्ज गर्दा २ महिना समय थपिने छ । यसअघि १ सय रुपैयाँको रिचार्जमा जम्मा २० दिनको मात्र समय थपिने गरेको थियो
No comments:
Post a Comment