गाउखाने कथा



१ बाबु एउटै भए पनि पाँच भाई छोरा
ति पाँचको घर पाँच तर एक द्वार - के हो ?

२ प्राए जसो सबै पाल्छन काटी खान हुन्न
नयाँ मानिस कोही आए सिधै पस्न दिन्न - के हो ?

३ उसले बोल्दा सबै सुती सुती सुन्छन कुरा
सबै बुझ्न सके मानिस ज्ञानी हुन्छन - के हो ?

४ भुँडी भरी झोल हाली अनी हावा भर्छन
मुखबाट बान्ता आए सलाई कोरी झोस्छन - के हो ?

५ प्राए हुन्छ जङलमा घर द्वार छैन एकै छिन
चुप लागि बस्ने पनि होइन - के हो ?

६ हात खुट्टा केही छैन जता सुकै जान्छ
बोल्ने मुख नभए पनि गोप्य कुरा खोल्छ - के हो ?

७ जती धेरै भए पनि धेरै कहिले हुन्न
त्यसको लोभले मानिसलाई कहिले छोड्ने छैन के हो ?


८ मन चोर्ने मायालु ति राती राती आउछिन
उज्यालो हुन नपाउदै कुन्नी कता जान्छिन के हो ?

९ कम्मर कसी काम गर्ने हाम्री घरकी नानी
जति पछि हुँदै गयो उति हुन्छिन सानी - के हो ?

१० सानो सानो ओडारमा सेता भेडा बाख्रा
पाको उमेर भए पछि लाग्छन एत्र तत्र - के हो ?

११ सफा चिज चाहिदैन फोहरमा बस्छ
रात भरि आहार खोजी दिन भरि लुक्छ - के हो र ?

१२ घुम्ने मेरो काम हो सधैं भरि घुम्छु
पानी खान पाए भने आराम सँग सुत्छु - के हो ?

१३ लामो लामो लहरमा फल्ने मिठो फल
खादा भने मुख भरी हुन्छ जलै जल - के हो ?

१४ सानी सानी नानी मिली बटुलेको खाना
पाए सम्म सबै खान्छन मिठो मानीकन के हो ?

१५ मानिसको व्यबहारमा ठुलो काम दिन्छ
तल माथि पर्‍यो भने ज्यानै पनि लिन्छ - के हो ?

१६ जती धेरै खाए पनि बढी हुने होइन
बरु उल्तै मिल्दै जान्छ खाने लाई चैन - के हो ?

१७ दिन भरि कुन्नी कता मस्त सँग सुत्छ
रात पर्दा बत्ती बाल्दै गाउ गाउ डुल्छ - के हो ?


(उत्तर: १ - हत्केला , २ - कुकुर , ३ - रेडियो , ४ - स्टोभ बालेको , ५ - बाँदर , ६ - चिठ्ठी , ७ - धन सम्पत्ति , ८ - सपना , ९ - कुचो , १० - दात, ११ - लामखुट्टे , १२ - घडी , १३ - अङ्गुर , १४ - मह , १५ - बलेको स्टोभ , १६ - बिद्या , १७ - जुनकिरी )

No comments:

Post a Comment

यो ब्लग अबलोकन गर्नुभएकोमा धन्यवाद। तपाईंहरुको पनि यस्ता लेख रचनाहरु छन भने हामीलाई मेल गर्नुहोस् हामी तपाईंको प्रतिभा यसै ब्लगबाट प्रकासित गर्नेछौ suchanasamachar003@gmail.com